हेटौंडाबासीले मेयरमा जिताए भ्रष्टचार अन्त्य गर्छु – दिपक सिंह

हेटौंडा । राप्रपाबाट हेटौंडा उपमहानगरपालिकाको मेयरको उम्मेद्वार दिपकबहादुर सिंहले आफुलाई हेटौंडाको मेयरमा जिताउन अपिल गरेका छन् ।

आज हेटौंडाको हुप्राचौरमा भएको चुनावी आमसभामा बोल्दै उम्मेद्वार सिंहले हेटौंडाबासीले मेयरमा जिताए भ्रष्टचार अन्त्यय गर्ने उद्घोष गरे ।

यसैगरि,उनले हेटौंडाको स्वास्थ्य क्षेत्र निकै कमजोर रहेको र हेटौंडा अस्पताल रिफर सेन्टरको रुपमा रहेको भन्दै आफु मेयरमा विजयी भए विशेषज्ञ सेवा सहितको सुविधायुक्त अस्पताल निर्माण गर्ने बताए ।

उनले हेटौंडालाई सुन्दर, सभ्य, सफा तथा विकासको दृष्टिकोणले देशकै नमुना सहर बनाउन आफु संग योजना रहेको बताए ।

उनले आफु र जनताको गठबन्धन भएको भन्दै यसपटकको मेयरमा आफु जित्ने र सरकारको भ्रष्टचारको गठबन्धन पराजित हुने दाबी गरे ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*