आसन्न निर्वाचन समृद्ध नेपाल निर्माणका लागि कोशेढुंगा बन्छ – अध्यक्ष प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (अध्यक्ष) ले स्थानीय तहको निर्वाचन समृद्ध नेपाल निर्माणका लागि कोशेढुंगा बन्ने विस्वास समेत व्यक्त गर्नुभएको छ।

अध्यक्ष प्रचण्डले आज ( सोमबार) एक विज्ञप्ति जारी गर्दै यस्तो बताउनुभएको हो। उहाँले सिंहदरबार केन्द्रित अधिकार जनताको घर दैलोमा स्थापित गराउन स्थानीय तहको आसन्न निर्वाचन सामाजिक न्यायसहितको समृद्ध नेपाल निर्माणका लागि कोशेढुंगा बन्ने विस्वास समेत व्यक्त गर्नुभयो। उहाँले निर्वाचनलाई आफूहरूले संविधान र संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि अग्रगमन र प्रतिगमनको लडाईको रूपमा लिएको पनि बताउनुभएको छ ।

यतिखेल संघीयता र समावेशी समानुपातिक प्रतिनिधित्व विरोधी तथा उत्पीडित, उपेक्षित जनता अधिकार सम्पन्न भएको नरुचाउने प्रतिगामी तत्वहरूले संविधान र ऐतिहासिक उपलब्धि विरुद्ध ठूलो षड्यन्त्र गरिरहेको पनि विज्ञप्तिमा उल्लेख गरिएको छ । जनताले साँचो अर्थमा खोजेको संघीयता, समावेशी समानुपातिक प्रतिनिधित्व र सामाजिक न्याय अझै पनि जनताले अनुभूति गर्न नसकेको उहाँको तर्क छ ।

स्थानीय तहलाई अधिकारसम्म तुल्याउँदै सामाजिक न्यायसहितको समृद्धि हासिल गर्ने चुनौती कायम रहेको माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*