देशभर १ सय ८३ तेस्रो लिङ्गी मतदाता , मकवानपुरमा ६ जना
हेटौंडा । यहि बैशाख ३० गते हुने स्थानीय निर्वाचनमा मकवानपुरमा ६ जना तेस्रो लिङ्गी मतदाता रहेका छन् ।
निर्वाचन आयोगका अनुसार बैशाख ३० गते हुने निर्वाचनमा देशभर १ सय ८३ जना तेस्रो लिङ्गी मतदाता रहेकोमा ६ जना मकवानपुर भित्रका रहेका छन् ।
जसमा जिल्लाको हेटौंडा उपमहानगरपालिका भित्रका ३ जना,बकैया गाउँपालिकाका २ जना र थाहा नगरपालिका भित्रका एक जना रहेको आयोगले जनाएको छ ।
























