प्रधानमन्त्री डडेल्धुरामा, मतदान गरेर मात्रै काठमाडौं फर्किने

काठमाडौं । प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा मतदान गरेर मात्रै डडेलधुराबाट काठमाडौं फर्किने भएका छन् ।

चुनावी सभामा सहभागी हुन देउवा अहिले गृहजिल्ला डडेलधुरामा छन् ।

‘प्रधानमन्त्री अब मतदान गरेर मात्रै काठमाडौं फर्किनुहुन्छ,’ उनका प्रेस संयोजक गोविन्द परियारले भने ।

उनले आज सदरमुकाम बिहान साढे १० बजे अमरगढीको र दिउँसो २ बजे परशुराम नगरपालिकाको सभालाई सम्बोधन गर्ने कार्यक्रम छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*