उपमेयर पदको उम्मेदवार काफ्लेद्वारा मतदान
हेटौंडा । नेकपा एमालेको तर्फबाट हेटौंडा उपमहानगरपालिकामा उपमेयर पदको उम्मेदवार सुमित्रा काफ्लेले मतदान गरेकी छन् ।
स्थानीय तह निर्वाचनमा उनले हेटौंडा–११ स्थित त्रिभुवन उच्च माविको ‘च’ केन्द्रबाट मतदान गरेकी हुन् ।
यसै मतदान केन्द्रबाट पूर्वमुख्यमन्त्री डोरमणि पौडेलले समेत मतदान गरेका छ्न । उक्त मतदान केन्द्रमा ६ हजार २ जना मतदाता रहेका छन् ।

























