हेटौंडाका मेयर हरि बहादुर महतले गरे मतदान

हेटौंडा । हेटौंडा उपमहानगरपालिकाका मेयर हरि बहादुर महतले आज बिहान मतदान गर्नु भएको छ । उहाँले हेटौंडा–५ पीप्लेमा रहेको बाल्ज्योती माध्यमिक बिद्यालयमा रहेको मतदान केन्द्रबाट उहाँले मतदान गर्नु भएको हो । आफु हेटौंडाको मेयर भएर पाँच वर्ष सम्म नागरिकको अपेक्षा अनुसार काम गरेको र कार्यकाल सफल रुपमा सम्पन्न भएको उहाँले प्रतिक्रिया दिनुभयो ।

पाँच वर्ष सम्म नागरिकसंग नजिक रहेर काम गरेको र अब पनि नागरिककै माझ रहेर सामाजिक क्षेत्रमा काम गर्ने उहाँले बताउनुभयो । उहाँले आफ्ना जनप्रतिनिधिहरु छान्नका लागि आम जनता आतुर रहेको बताउनुभयो । लोकतन्त्रको सबै भन्दा राम्रो पक्षनै मतदान रहेको मेयर महतले बताउनुभयो । चुनाबमा आम नागरिकहरु बिहानैबाट आफ्ना मेयर, उपमेयर, वडा अध्यक्ष र वडा सदस्यहरु छनोट गर्नमा लागिपरेको बताउनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*