प्रधानमन्त्री देउवाले गरे मतदान

काठमाडौं । प्रधानमन्त्री शेरबाहादुर देउवाले आज (शुक्रबार) बिहान मतदान गर्नुभएको छ ।

उहाँले डडेल्धुराको गन्यापधुरा गाउँपालिकाको रुवाखोलास्थित असिग्राम मावि मतदान केन्द्र (ख) बाट मतदान गर्नुभएको हो।

उहाँले सिंहदरबारको अधिकार गाउँगाउँमा पुगेको समेत बताउनुभएको छ । निर्वाचन हुँदैन भन्ने शक्तिहरू पनि निर्वाचनमा सहभागी भएको समेत बताउनुभयो । स्थानीय तहको समृद्धि र विकासका लागि निर्वाचन महत्त्वपूर्ण भएकाले अहिले निर्वाचन भएको प्रधानमन्त्री देउवाको तर्क छ ।

सत्ता गठबन्धनले काँग्रेस कमजोर नभएको प्रधानमन्त्री शेरबाहादुर देउवाले बताउनुभएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*