हेटौंडामा वर्षाले रोकिएको मतदान पुनः सुचारु

हेटौंडा । मकवानपुरको विभिन्न मतदान स्थलमा वर्षाका कारण प्रभावित भएको मतदान पुनः सुचारु भएको छ । हेटौंडाको अधिकांश मतदान स्थलमा वर्षाका कारण मतदान रोकिएको थियो ।

जिल्लाको ईन्द्रसरोबर गाउँपालिका, मनहरी गाउँपालिकामा पनि वर्षाका कारण केहीबेर रोकिएको मतदान कार्य सुचारु भएको छ ।
यसैबिच ५ बजेभित्र मतदान स्थलको गेटभित्र गएका मतदाताले मतदान गर्न पाउने भएका छन् ।

वर्षाका कारण ढिलाई भएको मतदान केन्द्रमा आयोगले तोकेको समय ५ बजेसम्म मतदान नसकीएमा गेटबाट भित्र पसेका सबै मतदाताले मतदान गर्न पाउने बागमती प्रदेशका निर्वाचन आयोगका प्रमुख लुम्बनाथ पोखरेलले जानकारी दिनुभएको छ । वर्षाका कारण मकवानपुरको अधिकांश मतदान केन्द्रको मतदान केही समय प्रभावित बनेको छ ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*