हेटौंडामा २ सय मत गन्दा मेयरमा एमालेको अग्रता

हेटौंडा । हेटौंडा उपमहानगरपालिकाको वडा नम्बर एकको दुई सय मत गणना सकिएको छ । २०० मत गन्दा नेकपा एमालेबाट मेयरमा अनन्त पौडेलले ७१ मत पाएका छन् भने गठबन्धनको मेयर पदकी उम्मेद्वार मिना लामाले ६५ र राप्रपाका दीपक बहादुर सिंहले ४२ मत ल्याएका छन् ।

यस्तै गठबन्धनबाट उपमेयर पदमा राजेश बानियाले ८८ मत प्राप्त गरेका छन् भने नेकपा एमालेकी उम्मेदवार सुमित्रा काफ्लेले ८२ मत प्राप्त गरेकि छन् ।
वडा अध्यक्षमा नेपाली गठबन्धनबाट सबिन न्यौपानेले ९२ मत पाउँदा नेकपा एमालेको उम्मेदवार उत्तम पौडेलले ८९ मत पाएका छन् । यस्तै राप्रपाका उम्मेदवार सुजन साहिले ८ मत प्राप्त गरेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*