मकवानपुरमा धेरै स्थानीय तहमा गठबन्धन अगाडी, हेटौंडामा एमाले अगाडी
हेटौंडा । मकवानपुर जिल्लामा मतगणना भएका धेरैजसो स्थानीय तहमा गठबन्धनका उम्मेदवार अगाडी छन् । पहिलो सुरुवाती चरणको मतगणनामा एमालेका उमेदवारलाई पछी पार्दै गठबन्धनका उम्मेदवारहरु अगाडी छन् ।
तर, हेटौंडा उपमहानगरपालिकामा भने गठवन्धनका उम्मेदवारलाई पछाडी पार्दै एमालेका उम्मेदवार छिनो मतले अगाडी देखिएका छन् । मकवानपुरको थाहा नगरपालिका, मनहरी गाउँपालिका, मकवानपुरगढी गाउँपालिका, भीमफेदी गाउँपालिका, इन्द्रसरोवर गाउँपालिका लगायतका क्षेत्रमा सुरुवाती मतगणनामा गठबन्धन अगाडी देखिएको छ ।
हेटौंडा उपमहानगरपालिकाको वडा नम्बर १ को मतगणनामा एमाले अगाडी देखिएको छ । २०० मत गन्दा नेकपा एमालेबाट मेयरमा अनन्त पौडेलले ७१ मत पाएका छन् भने गठबन्धनको मेयर पदकी उम्मेद्वार मिना लामाले ६५ र राप्रपाका दीपक बहादुर सिंहले ४२ मत ल्याएका छन् ।
यस्तै गठबन्धनबाट उपमेयर पदमा राजेश बानियाले ८८ मत प्राप्त गरेका छन् भने नेकपा एमालेकी उम्मेदवार सुमित्रा काफ्लेले ८२ मत प्राप्त गरेकि छन् ।
वडा अध्यक्षमा नेपाली गठबन्धनबाट सबिन न्यौपानेले ९२ मत पाउँदा नेकपा एमालेको उम्मेदवार उत्तम पौडेलले ८९ मत पाएका छन् । यस्तै राप्रपाका उम्मेदवार सुजन साहिले ८ मत प्राप्त गरेका छन् ।
























