हेटौंडामा ३ सय मत गन्दा गठवन्धनबाट मिना लामा अगाडी
हेटौंडा । हेटौंडा–१ को ३ सय मत गन्दा गठवन्धनबाट मेयर पदका उम्मेदवार मिना लामा अगाडी पर्नु भएको छ ।
उहाँले एक सय ९ मत प्राप्त गर्नु भएको छ । उहाँलाई पछ्याउँदै एमालेका मेयर पदका उम्मेदवार अनन्त पौडेलले एक सय ४ मत प्राप्त गर्नु भएको छ । यसैगरी राप्रपाका दिपकबहादुर सिंहले ५४ मत प्राप्त गर्नु भएको छ ।
यस भन्दा अगाडी २ सय मत गणना हुँदा भने एमालेले अग्रता कायम गरेको थियो । यसैगरी उपमेयरमा र वडा अध्यक्षमा कांग्रेसका उम्मेदवार अगाडी छन् । एमालेले कांग्रेसका उम्मेदवारलाई पछ्याउँदै छन् ।
























