मकवानपुरमा काँग्रेसलाई पहिलो सफलता
हेटौंडा । मकवानपुरमा काँग्रेसले खाता खोलेको छ । इन्द्रसरोवर गाउँपालिका वडा नं १ मा नेपाली काँग्रेसका शुवास थापा मगरले ७ सय ५३ मत प्राप्त गरि बिजयी भएका छन् ।
उनको निकटतम प्रतिस्पर्धी नेकपा एमालेका राजु बस्नेतले ५ सय ९४ मत गरेका छन् । यस्तै वडा सदस्यहरुमा नेपाली काँग्रेसका तर्फबाट मनकृष्ण थापामगर,बुद्ध घिसिग,गोमा लामा बिजयी भएकाछन भने दलित तर्फ सदस्यमा नेकपा एमालेका तर्फबाट लक्ष्मी दमाई सर्बसम्मत भएकी थिईन ।
























