इन्द्र बानियाँको वडामा एमालेका अनिल बानियाँको अग्रता

हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेश सभापति इन्द्र बानियाँको वडा नंबर १८ मा नेकपा एमालेबाट वडा अध्यक्षका उम्मेद्वार अनिल कुमार बानियाँको अग्रता बढिरहेको छ ।

एमालेका बानियाँले ५ सय १५ मत ल्याउँदै अग्रता बढाइरहेका छन् ।

गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेद्वार रामबाबु बानियाँले ४ सय १ मत ल्याउँदै एमालेका बानियाँलाई पछाईरहेका छन् ।

एमालेका बानियाँ र कांग्रेसका बानियाँको मतान्तर १ सय १४ रहेको छ ।

एमालेका उम्मेद्वार बानियाँ हेटौंडा–१८ का निबर्तमान वडा अध्यक्ष समेत हुन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*