हेटौंडामा ६६४१ मतगणना , गठवन्धनकी मिना लामा २ मतले अगाडी
हेटौंडा । हेटौंडा उपमहानगरपालिकामा ६ हजार ६ सय ४१ मतगणना हुँदा गठवन्धनकी उम्मेदवार मिना लामाले झिनो अग्रता कायम गरेकी छन् । उनले एमालेका मेयरका अनन्त पौडेललाई २ मतले पछाडी पारेकी छन् ।
मेयर
एमालेका उम्मेद्वार अनन्त पौडेल (सूर्य) : २१२८
गठबन्धनबाट (एकिकृत समाजवादी) मिना लामा (कलम) :२१३०
राप्रपाका दिपक सिंहले (हलो) : २००१
उपमेयर
एमालेकी सुमित्रा काफ्ले (सूर्य) :२३९६
कांग्रेसका राजेश बाँनीया (रुख) : ३१६५
राप्रपाकी इन्दीरा न्यौपाने (हलो ) :७०५
























