काठमाडौं महानगरपालिकामा बालेनको अग्रता कायमै , १३०० मतले अगाडी
हेटौंडा । काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन साहले अग्रता लिएका छन् ।
हालसम्मको मतपरिणाममा बालेनले २८२० , नेकपा एमालेका उम्मेदवार केशव स्थापितले १५०७ र नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले १४४९ मत पाएका छन् ।
यस्तै काठमाडौं महानगरपालिकाको उपमेयरमा नेकपा एमालेकी सुनिता डंगोलले १७४३ ,नेकपा एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठले ५१६ र
राष्ट्रिय प्रजातन्त्र पार्टीकी बिनिता मगैयाले ४१३ मत पाएका छन् ।
,
























