हेटौंडा – १ मा कांग्रेसका सविन न्यौपानेको अग्रता
हेटौंडा । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नंबर १ मा नेपाली कांग्रेस र नेकपा माओवादीको गठबन्धनबाट कांग्रेसका उम्मेद्वार सविन न्यौपानेले अग्रता कायम राखेकाछन् ।
उनले वडा नंबर १ को जारी मतगणनामा १ हजार ३०४ मत ल्याउँदै अग्रता बढाएका छन् ।
उनका प्रतिस्पर्धी नेकपा एमालेका उत्तम प्रसाद पौडेलले १ हजार १९५ मत ल्याएका छन् ।
यसैगरि,राप्रपाका सुजन शाहीले १७३ मत ल्याएका छन् ।
१ नंबर वडामा हालसम्म २ हजार ९२३ मत गणना भएको छ ।
























