ताजा अपडेट : बालेन केशव स्थापित भन्दा दोब्बर मतले अघि

काठमाण्डौ – काठमाण्डौ महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन शाहको अग्रता कायमै छ । ७ हजार ६ सय १८ मतगणनामा शाहले ३ हजार १ सय १० मत प्राप्त गर्नुभएको छ । उहाँलाई पछ्याइरहनुभएका नेकपा एमालेका उम्मेदवार केशव स्थापितले १ हजार ६ सय ४५ मत प्राप्त गर्नुभएको छ । स्थापित शाहभन्दा झन्डै दोब्बरले मतले पछाडि पर्नुभएको छ ।

यस्तै गठबन्धनतर्फ कांग्रेसकी सिर्जना सिंहले १ हजार ६ सय २ मत प्राप्त गर्नुभएको छ । राप्रपाका मदनदास श्रेष्ठले २ सय ८२ र स्वतन्त्र उम्मेदवार सुमन सायमीले २ सय ८१ मत प्राप्त गर्नुभएको छ ।

उपमेयरमा एमालेकी उम्मेदवार सुनिता डंगोलले अग्रता बनाइ रहनुभएको छ । उहाँले २ हजार ९ सय ५५ मत प्राप्त गर्नुभएको छ । गठबन्धनतर्फ एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठले ८ सय ५० मत प्राप्त गर्नुभएको छ ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*