हेटौंडा–१९ मा एमालेका उम्मेदवार नरनाथ सुवेदी विजयी

हेटौंडा । हेटौंडा उपमहानगरपालिकामा नेकपा एमालेले खाता खोलेको छ । १९ नम्वर वडामा एमालेबाट उम्मेदवार बनेका नरनाथ सुवेदी विजयी भएका हुन् । उनले १ हजार ४२३ मत प्रात गरेका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका रामकुमार थापाले १ हजार २०२ मत प्राप्त गरे ।

त्यस्तै माओवादीका प्रकास लामा थोकरले ९६३ मत प्राप्त गरेका छन् । कुल ५ हजार २ सय ५० मतदाता रहेको यो वडामा ३ हजार ९ सय २५ मत खसेको थियो । यसअघि वडा नम्वर १ मा सविन न्यौपाने र वडा नम्वर २ मा विष्णु गोपाल महर्जन विजयी भएका छन् । मतगणना जारी रहेको छ ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*