बागमती–३ मा माओवादी केन्द्रका पाख्रिन विजयी

हेटौंडा । बागमती गाउँपालिका वडा नम्बर ३ मा नेकपा (माओवादी केन्द्र)का उम्मेदवार कमान सिं पाख्रिनसहित प्यानल नै विजयी भएका छन् ।

वडाध्यक्षमा कमान सिं पाख्रिनले प्रतिस्पर्धी नेपाल कम्युनिष्ट पार्टी (एमाले)का पञ्चलाल भोलनलाई ७ मतले पराजित गरेका हुन् । पाख्रिनले ४१७ मत ल्याउँदा भोलनले ४१० मत प्राप्त गरे । तेस्रो स्थानमा रहेको नेपाली काँग्रेसका सरोज योञ्जनले १५४ मत प्राप्त गरेका छन् । वडा नम्बर ३ मा १०४१ मत खसेकोमा १२ मत बदर भएको छ ।

त्यस्तै वडा सदस्यहरुमा तुल बहादुर मुक्तान,रतन बहादुर बज्यु,भगवती माया माझी निर्वाचित भएका छन् । त्यस्तै दलित महिला सदस्यमा विष्णु माया विश्वकर्मा निर्विरोध भइसकेकी छिन् ।

बागमती गाँउपालिकाको वडा नम्बर १ र २ मा यसअघि माओवादी केन्द्रको प्यानल नै विजयी भैसकेको छ ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*