पछिल्लो अपडेट – हेटौंडामा राप्रपाका सिंहको मतान्तर फराकिलो बन्दै
मकवानपुर – हेटौंडा उपमहानगरपालिकाको मेयरमा राप्रपाका दिपकबहादुर सिंहले मतान्तर फराकिलो बनाउँदै जानुभएको छ । गठबन्धनका तर्फबाट एकीकृत समाजवादीका उम्मेदवार मिनाकुमारी लामाले आठ हजार ३५३ मत प्राप्त गर्दा राप्रपाका दिपकबहादुर सिंहले आठ हजार ६९३ मत प्राप्त गर्नुभएको छ ।
यसैगरी नेकपा एमालेका तर्फबाट मेयर पदका उम्मेदवार अनन्त पौडेलले ६ हजार ८५३ मत प्राप्त गर्नुभएको छ । यसैगरी हेटौंडाको उपमेयरमा गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका राजेश बानियाँले ११ हजार ७९१ मत प्राप्त गर्नुभएको छ । यसैगरी नेकपा एमालेका तर्फबाट उपमेयरका पदका उम्मेदवार सुमित्रा काफ्लेले आठ हजार ३३ मत प्राप्त गर्नुभएको छ । यसैगरी राप्रपाका उपमेयरका उम्मेदवार इन्दिरा न्यौपानेले एक हजार ५७६ मत पाउनुभएको छ ।
























