बकैयामा गठबन्धनका उम्मेदवार लामिछाने र खत्री विजयी

हेटौंडा । मकवानपुरको बकैया गाउँपालिकामा सत्तारुढ गठबन्धनका तर्फबाट उम्मेदवार बनेका कांग्रेसका धर्म लामिछाने विजयी भएका छन् । उनले प्रतिस्पर्धी नेकपा एमालेकी उम्मेदवार सरला बोलखेलाई पराजित गरेका हुन् । २१ हजार ७७१ मत खसेको बकैयामा विजयी भएका कांग्रेसका लामिछानेले ११ हजार २९२ मत प्राप्त गरे भने पराजित बोलखेले ७ हजार ६६ मत प्राप्त गरिन् ।

त्यस्तै पालिका उपप्रमुखमा माओवादी केन्द्रका भक्तबहादुर खत्री निर्वाचित भएका छन् । उपमेयरमा निर्वाचित खत्रीले ९ हजार ५२२ मत प्राप्त गरे । एमालेका लालबहादुर स्याङ्तानले ७ हजार ६५२ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*