मकवानपुरको थाहामा पनि गठबन्धन विजयी

हेटौंडा । मकवानपुरको थाहा नगरपालिकामा पनि गठबन्धनका उम्मेद्वार विजयी भएका छन् ।

आज बिहान सम्पन्न मतगणना अनुसार गठबन्धनबाट मेयरमा नेकपा माओवादी केन्द्रका विष्‍णु वहादुर विष्‍ट ९७१९ मत सहित विजयी भएका हुन् । उनका प्रतिस्पर्धी नेकपा एमालेका अचुतम प्रसाद ढकालले ७७७१ मत ल्याए ।

यसैगरि,उपमेयरमा गठबन्धनबाट नेपाली कांगेसका भरत गोपाली ८६०७ मत सहित विजयी भएका छन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेकी कल्‍पना वलामीले ८५२२ मत ल्याईन् ।

यसअघि,मकवानपुरको कैलाश,मकवानपुगढी र बकैया गाउँपालिकामा गठबन्धनका उम्मेद्वार विजयी भइसकेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*