हेटौंडामा ५२ हजार ९०१ मत गन्दा यस्तो आयो नतिजा

हेटौंडा । मकवानपुरको हेटौंडा उपमहानगरपालिकाको मेयरमा सत्ता गठबन्धनबाट मेयर उम्मेदवार बनेकी नेकपा (एकीकृत समाजवादी) की मीनाकुमारी लामाले अग्रता कायम राखेकी छिन् । ५२ हजार ९०१ मतको गणना सकिँदा लामाले १६ हजार ४७१ मत प्राप्त गरिन् । यस्तै, नेकपा एमालेका अनन्त पौडेलले १५ हजार ४०९ मत तथा राप्रपाका दिपक बहादुर सिंहले १४ हजार ७४९ मत प्राप्त गरेका छन् ।

त्यसैगरी उपप्रमुख पदमा गठबन्धनका नेपाली कांग्रेसका राजेश बानियाँले २३ हजार ८९७ मत प्राप्त गर्दा एमालेकी सुमित्रा काफ्लेले १७ हजार २८० मत तथा राप्रपाकी इन्दिरा न्यौपानेले ३ हजार ७०८ मत प्राप्त गरेकि छिन् । मुख्य निर्वाचन कार्यालयले दिएको जानकारी अनुसार हाल वडा नं ७, ८, ११,१२, १३ र १४ को मतगणना भइरहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*