हेटौंडा–८ को वडा अध्यक्षमा नेपाली कांग्रेसका रामकृष्ण थापा विजयी

हेटौंडा । हेटौंडा उपमहानगरपालिका – ८ को वडा अध्यक्षमा नेपाली कांग्रेसका रामकृष्ण थापा विजयी भएका हुन् । उनले नेकपा एमालेका बोल बहादुर कार्कीलाई पछी पार्दै जित हासिल गरेका हुन् । थापाले २२१३ मत प्राप्त गरेका छन् भने कार्कीले १९६८ मत प्राप्त गरेका छन् ।कांग्रेसका थापाले एकालेका कार्कीलाई २४५ मतान्तरले पराजित गरेका छन् ।

यही वैशाख ३० गते सम्पन्न स्थानीय तह सदस्य निर्वाचनमा कांग्रेसको सिफारिस र माओवादी केन्द्र,नेकपा एस,जसपा,राप्रपाको समर्थनमा हेटौंडा-८ को वडाध्यक्षमा मनोनयन दर्ता गरेका थापाले एमालेको ४ दशको लामो इतिहासलाई तोडदै वडाध्यक्षमा निर्वाचित भएका हुन्। साथै उक्त वडामा थापा नेतृत्व गठबन्धनका २ सदस्य र २ जना एमालेका सदस्य निर्वाचित भएका छन्

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*