हेटौंडा ७ मा कांग्रेसका उम्मेदवार दामोदर गौतम विजयी

हेटौंडा –  हेटौंडा वडा नम्बर ७ को अध्यक्षमा दामोदर गौतमको प्यानल नै विजयी भएको छ । नेपाली कांग्रेसका उम्मेदवार गौतम अध्यक्ष पदमा १ हजार ४ सय ९० मतसहित विजयी हुनु भएको हो ।

अर्का अध्यक्षका प्रत्यासी नेकपा एमालेका राजन थापाले १ हजार ३ सय ४९ मत प्राप्त गर्नुभएको थियो । वडा सदस्यमा नेपाली कांग्रेसका दिनेश थापा मगर(१५७२), श्याम सुन्दर परियार(१४८०), महिला सदस्यमा सन्तु माया पाख्रीन (१४९१) र दलित महिला सदस्यमा राधिका विश्वकर्मा विजयी भएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*