हेटौंडाको पहिलो महिला वडा अध्यक्षमा जुना दाहाल

६ जेठ,हेटौंडा । हेटौंडा उपमहानगरपालिकाको पहिलो महिला वडा अध्यक्षमा जुना दाहाल निर्वाचित हुनुभएको छ । नेकपा एमालेको तर्फबाट हेटौंडा उपमहानगरपालिका ११ नम्बर वडामा जुना दाहाल १५१४ मत सहित हेटौंडाको पहिलो महिला वडा अध्यक्षको रुपमा विजयी हुनु भएको हो । उनका प्रतिस्पर्धी गठबन्धनका माओवादीको उम्मेदवार मधु थापाले १०७९ मत पाउदा स्वतन्त्रबाट अध्यक्ष पदका उम्मेदवार तिर्थ रोक्का क्षेत्रीले ६९३ र राप्रपाका अध्यक्ष पदका उम्मेदवार राधाकृष्ण बजगाइले १७९ मत प्राप्त गर्नु भएको छ ।

त्यस्तै महिला वडा सदस्यमा १५०३ मत ल्याइ नेकपा एमालेकि गोपिनी सापकोटा ,दलित महिला सदस्यमा १४६४ मत ल्याइ एमालेकि गिता सुनार र गठबन्धनको तर्फबाट खुल्ला सदस्यमा १४९० मत ल्याइ कांग्रेसका विकास नेपाल र १५२७ मत ल्याइ सन्जय विडारि विजयी भएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*