वीरगञ्जमा गठबन्धनबाट मेयरका उमेदवार सिंह एमालेका सरावगीभन्दा १२ हजार ५९० मतले अगाडि

वीरगञ्ज – मधेस प्रदेशको एक मात्र महानगर वीरगञ्ज महानगरपालिकामा पाँच दलीय गठबन्धनबाट मेयर उमेदवार जसपाका राजेशमान सिंह एमाले लोसपा गठबन्धनका उम्मेदवार विजयकुमार सरावगीभन्दा १२ हजार ५९० मतले अगाडि भएका छन्।

शनिबार बिहानसम्मको मतपरिणाम अनुसार जसपाका सिंहले २६ हजार ९८ मत प्राप्त गरेका छन्।

एमाले र लोसपा गठबन्धनका मेयर उम्मेदवार नेकपा एमालेका सरावगीले १३ हजार ५०८ मत प्राप्त गरेका छन्।

यस्तै, पाँच दलीय गठबन्धनकै उपमेयरमा नेपाली कांग्रेस इम्तियाज आलमले १८ हजार ४५ मत ल्याएका छन्।

एमाले लोसपा गठबन्धनबाट उपमेयरका उम्मेदवार लोसपाका पुरुषोतम झाले ४ हजार मत ल्याएका छन्।

उपमेयरमा आलम झाभन्दा १४ हजार ४५ मतले अगाडि छन्।

यसैगरी, राप्रपाबाट मेयरका उम्मेदवार गिरिश गिरीले १ हजर ६२९ मत प्राप्त गरेका छन्। उपमेयरमा बिना जैसवालले ३ हजार २ सय ४५ मत प्राप्त गरेकी छन्।

उपमेयरमा स्वतन्त्र उमेदवार रम्भा मिश्राले २ हजार ३५५ मत ल्याएकी छन्।

हालसम्म ५२०४३ मत गन्ती गरिएको छ। वीरगञ्ज महानगरमा सतारूढ पाँच दल कांग्रेस, नेकपा माओवादी केन्द्र,जनता समाजवादी पार्टी, नेकपा एकीकृत समाजवादी पार्टी र जनमोर्चाबीच गठबन्धन बनेको छ भने अर्कोतर्फ एमाले र लोसपाबीच अर्को गठबन्धन बनेको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*