काठमाडौँ अपडेटः बालेन १७ हजार मतले अगाडि

काठमाडौँ – काठमाडौँ महानगरपालिकाका स्वतन्त्र उम्मेदवार बालेन शाहले अहिलेसम्मको मतगणना गर्दा ४३ हजार ८१ मत प्राप्त गरेका छन्।

यता दोस्रो स्थानमा रहेकी नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले २५ हजार ४ सय ३४ मत प्राप्त गरेकी छन्।

यस्तै, नेकपा एमालेका उम्मेदवार केशव स्थापितले अहिलेसम्म २४ हजार ८ सय ३५ मत ल्याएका छन्।

बालेन शाहले नेपाली कांग्रेसभन्दा १७ हजार ६ सय ४७ मतको अग्रता लिएका छन्।

यस्तै, शाह र स्थापितबीच १८ हजार २ सय ४६ मतको अन्तर रहेको छ।

महानगरपालिकामा हालसम्म १ लाख २४ हजार ४ सय ५६ मत गणना भइसकेको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*