भरतपुरमा रेनु दाहाल १० हजार मतले अघि

चितवन । भरतपुर महानगरपालिकाको मेयर उम्मेदवार रेनु दाहालले मतान्तर बढाउँदै लगेकी छिन् । १ लाख १० हजार ४ सय ५४ मत गणना हुँदा रेनुले ४४ हजार ३०५ मत प्राप्त गरेकी छिन् ।

नेकपा एमालेका विजय सुवेदीले ३४ हजार १७९ मत प्राप्त गरेका छन् । जगन्नाथ पौडेलले १३ हजार ५१५ मत ल्याएका हुन् । सुवेदीभन्दा रेनु १० हजार १२६ मतले अगाडि छिन् ।

नेपाली कांग्रेसका उपमेयर उम्मेदवार चित्रसेन अधिकारीले ४५ हजार ४६८ र राप्रपाकी हिमला गुरुङले २७ हजार ०४६ मत ल्याएकी छिन् । महानगरमा १७ हजार १ सय १२ मत गणना गर्न बाँकी छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*