हेटौंडाको मेयर लामाद्वारा विपन्न परिवारलाई निःशुल्क स्वास्थ्य विमादेखि खानेपानी र विद्युत छुटको निर्णय

हेटौंडा । हेटौंडा उपमहानगरपालिकाको मेयर मिनाकुमारी लामाले पदभार ग्रहण गरेकी छन्।

पदभार ग्रहणपछि मेयर लामाले ५ वटा निर्णय गरेकी छन् । उनले नगरभित्र बसोबास गर्ने अति विपन्न घरपरिवारमध्ये हाल १५ सय ४१ परिवारलाई निःशुल्क स्वास्थ्य विमा गर्ने निर्णय गरेकी छन् । उनले उल्लेखित घर परिवारलाई १५ हजार लिटर पानी र २५ युनिट विद्युत निःशुल्क उपलव्ध गराउने निर्णय समेत गरेकी छन्।

मेयर लामाले आर्थिक अवस्थाको कारणले शिक्षा हासिल गर्नबाट बन्चित विद्यार्थीलाई प्रोत्साहन र सहुलियत दिन मेयर छात्रबृत्ति कार्यक्रम संचालन गर्ने निर्णय गरेकी छन् ।

यसैगरि, मेयर लामाले हेटौंडाको बाटो विस्तारका क्रममा बाटोको बीच भागमा परेका विद्युतका पोल हटाई छेउ किनारामा स्थापना गर्ने र महिला जागरण समूहमार्फत लैंगिक हिंसाविरुद्धका अभियान सञ्चालन गर्दै पीडित÷प्रभावित महिला तथा बालबालिकालाई अल्पकालिन आश्रयस्थल सेफ हाउस मार्फत प्रभावकारी रुपमा पुर्नस्थापना कार्यहरु संचालन गर्ने निर्णय गरेकी छन् ।

मेयर लामाले उक्त निर्णयहरु कार्यान्वयनका लागि कर्मचारीहरुलाई जानकारी समेत गराएकी छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*