बागमती प्रदेशको बजेट अधिवेशन आजबाट सुरु हुँदै

हेटौँडा । बागमती प्रदेशको बजेट अधिवेशन आज (शुक्रबार) बाट सुरु हुँदैछ।

प्रदेशसभाको दशौं अधिवेशनको पहिलो बैठक शुक्रबार बिहान ११ बजे बस्ने प्रदेससभा सचिवालयले जनाएको छ।

बैठकमा प्रमुख प्रतिपक्षसहित विभिन्न दलका नेताले शुभकामना मन्तव्य दिने कार्यसूची रहेको प्रदेशसभा सचिवालयका प्रमुख सचिव कृष्णहरि खड्काले जानकारी दिए।

यही जेठ १६ गते प्रदेशसभामा बागमती प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम पेस गर्ने सहमती भएको छ।

बिहिबार हेटौँडामा बसेको प्रदेससभा कार्यव्यवस्था परामर्श तथा व्यवस्थापन समितिको बैठकले जेठ १६ गते नीति तथा कार्यक्रम पेस गर्ने निर्णय गरेको हो।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*