५ दलिय गठबन्धनले सत्ताको चरम दुरुपयोग गरेः पुर्वमुख्यमन्त्री शाक्य

हेटौंडा । बागमती प्रदेशको पुर्वमुख्यमन्त्री एवं नेकपा एमालेकी उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले हालै सम्पन्न भएको स्थानीय निर्वाचनमा पाँच दलिय सत्ता गठबन्धनले सत्ताको दुरुपयोग गरेको आरोप लगाएकी छन् ।

बागमती प्रदेश सभाको दशौं अधिवेशनलाई सम्बोधन गर्दै पुर्वमुख्यमन्त्री शाक्यले लोकतन्त्र माथिनै प्रश्न उठ्ने गरी सत्ता गठबन्धनले निर्वाचनमा जित्नकै लागि सत्ताको दुरुपयोग गरेको बताईन् । उनले ५ दलिय गठबन्धनले एमाले एक्लै संग प्रतिस्पर्दा गर्नको लागि निर्वाचन आचारसंहिता विपरितको कामहरु गरेको बताईन् ।

उनले प्रदेश सभाको ५ वर्ष सकिनै लाग्दा हालै सम्पन्न स्थानीय निर्वाचनले लोकतन्त्र माथि प्रश्न उठेको बताउँदै यसबाट सच्चिनु पर्ने बताईन् । उनले शक्ति पाएपछि दुरुपयोग गर्नमा सरकार लागिपरेको बताईन् ।

उनले सत्ता गठबन्धन लोकतन्त्रको पक्षमा नरहेको बताउँदै बाँकी रहेको समयमा सच्चिन आग्रह गरिन् । उनले देशभर उच्च मूल्यवृद्धि भएको बताईन् । उनले देशभर उच्च मंहगी बढ्दा जनताको दैनिक जीवनयापनमा समस्या भएको बताउँदै केन्द्र सरकार के गरेर बसिरहेको भन्दै प्रश्न समेत गरिन् ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*