एक्लै चुनाव जितेर प्रधानमन्त्री बन्न ओलीलाई प्रचण्डको चुनौती

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई एक्लै चुनाव जितेर फेरि प्रधानमन्त्री बन्न चुनौती दिनुभएको छ ।

शनिबार प्रतिनिधिसभाको बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमाथिको छलफलमा बोल्दै अध्यक्ष प्रचण्डले ओलीलाई दुई दुई पटक प्रधानमन्त्री माओवादीले बनाएको दाबी गर्नुहुँदै अब एमालेको प्रधानमन्त्री बनेर देखाउन चुनौती दिनु भएको हो ।

उहाँले ओलीलाई दुवैपटक माओवादीको वैशाखी टेकेर प्रधानमन्त्री भएको कुरा नभुल्नसमेत आग्रह गर्नुभयो । ‘तपाई (केपी ओली)लाई दुई चोटी प्रधानमन्त्री बनाइ दिएको हो । माओवादीको बैशाखी टेकेर तपाई दुईचोटी प्रधानमन्त्री बन्नुभएको होइन ? ’ प्रचण्डले भन्नुभयो, ‘अब बनेर देखाउनुस् त । आगामी चुनावमा एक्लै प्रधानमन्त्री बनेर देखाउनुस् त ।’

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*