सरकारले बन्द रहेको हेटौंडा कपडा उद्योग सञ्चालन गर्ने, सरकारी कर्मचारीले उद्योगबाट उत्पादित कपडा लगाउनुपर्ने

काठमाडौ । काँग्रेस सभापति शेरवहादुर देउवा नेतृत्वको गठबन्धन सकारले आगामी आर्थिक वर्ष २०७९/ ८० का लागि प्रतिनिधिसभाको सयुक्त बैठक मार्फत प्रस्तुत गरेको बजेट वक्तत्व्य मार्फत सरकारले बन्द रहेको हेटौंडा कपडा उद्योग सञ्चालनमा ल्याउने भएको छ ।

बजेट वक्तत्व्य मार्फत सरकारी कर्मचारीले हेटौंडा कपडा उद्योगले उत्पादन गरेका मात्रै कपडा लगाउनुपर्ने अवधारणाको कार्यान्वयन गरिने बताइएको छ ।
अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्षको बजेट मार्फत सरकारी कर्मचारीले हेटौंडा कपडा उद्योगबाट उत्पादित कपडा मात्रै लगाउनुपर्ने बताउनुभएको हो ।

अर्थमन्त्री शर्माले अहिले बन्द अवस्थामा रहेको हेटौंडा कपडा उद्योग सञ्चालन गर्ने र त्यहाँबाट उत्पादित कपडा सरकारी कर्मचारीले अनिवार्य रूपमा लगाउनुपर्ने उहाँके भनाइ रहेको थियो । साथै सरकारले यसअघिबन्द भएको जनकपुर चुरोड कारखाना लगायत अन्य उद्योग पनि पुनः सञ्चालन गर्ने बजेट वक्तत्व्य मार्फत घोषणा गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*