बागमती प्रदेशः एक माध्यमिक विद्यालय,एक नर्स कार्यक्रमलाई निरन्तरता दिने

हेटौंडा । बागमती प्रदेश सरकारले प्रदेश भित्रका माध्यमिक तहका विद्यालयहरुमा एक माध्यमिक,एक नर्स कार्यक्रमलाई निरन्तरता दिने भएको छ ।

आज बागमती प्रदेश सभामा बागमती प्रदेश सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै प्रदेश प्रमुख यादवचन्द्र शर्माले उक्त कार्यक्रमलाई प्रभावकारी बनाईने जानकारी दिए ।
यस्तै बागमती प्रदेश सरकारले उच्च शिक्षा पढ्नको लागि छोरी–बुहारीलाई छात्रावृत्ति कार्यक्रमलाई निरन्तरता दिने भएको छ ।

आज बागमती प्रदेश सभामा बागमती प्रदेश सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै प्रदेश प्रमुख यादवचन्द्र शर्माले उच्च शिक्षा पढ्ने छोरी बुहारीलाई छात्रावृत्ति कार्यक्रमलाई निरन्तरता दिएको बताए । यस्तै बागमती प्रदेश सरकारले प्रदेशमा उत्पादनमा आधारित प्रोत्साहन कार्यक्रम संचालन गर्ने भएको छ ।

आज बागमती प्रदेश सभामा बागमती प्रदेश सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै प्रदेश प्रमुख यादवचन्द्र शर्माले प्रदेशमा उत्पादन बढाउन उत्पादनमा आधारित प्रोत्साहन कार्यक्रम संचालन गरिने बताए । उनले ५ वर्ष भित्र प्रदेशलाई कृषिमा आत्मनिर्भर बनाउन प्रोत्साहन कार्यक्रम ल्याईने बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*