इम्बोस्ड नम्बरप्लेटको नाममा जनतालाई नधम्क्याउनुस – गगन थापा

काठमाडौं । सवारी साधानमा इम्बोस्ड नम्बरको नाममा जनतालाई नधम्क्याउन सरकारलाई नेपाली कांग्रेसका महामन्त्री गगन थापाले चेतावनी दिनुभएको छ ।

आज सोमबार प्रतिनिधिसभा बैठकको सुरुमै सभामुखसँग समग लिएर बोल्दै उहाँले यस्तो बताउनुभएको हो। इम्बोस्ड नम्बर प्लेट राख्ने निर्णयमा पुनर्विचार गर्न सरकारसँग उहाँले मागसमेत गर्नुभएको हो। यातायात मन्त्रालयले साउन १ भित्र सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट जडान नगरे कारबाही गरिने सूचना निकालेर जनतालाई धम्की दिएको बताउदै उहाँले आपत्ति समेत जनाउनुभएको छ ।

मन्त्रालयले समस्या समाधान नगरी जनतासँग धम्कीको भाषा प्रयोग गरेको बताउँदै नागरिकबाट अवज्ञा हुनसक्ने चेतावनी समेत उहाँले दिनुभएको छ । यातायात मन्त्रालयले दण्ड र जरिवानाको डर देखाउँदै नागरिकलाई तर्साउने काम गरेको उहाँको तर्क छ । जबर्जस्तीलाई बन्द गरियोस् र होइन भने नागरिकले अवज्ञा गर्ने उहाँले बताउनुभएको छ ।

इम्बोस्ड नम्बर छिमेकी देशहरूमा भन्दा नेपालमा धेरै महँगो भएको गुनासो नागरिकबाट आइरहेको समेत उहाँले बताउनुभएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*