काठमाडौंको फोहोरको व्यवस्थापन गर्न प्रधानमन्त्रीले पहलकदमी लिन गगन थापा माग

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री एवम् सांसद गगन थापाले फोहोर व्यवस्थापनमा प्रधानमन्त्रीले पहलकदमी लिनुपर्ने बताउनुभएको छ ।

बुधबार प्रतिनिधिसभाको बैठकको शून्य समयमा बोल्दै उहाँले फोहोर व्यवस्थापन र त्यसको कानुनी गाँठो फुकाउन प्रधानमन्त्री शेरबहादुर देउवाले पहलकदमी लिनुपर्ने बताउनुभएको हो ।

‘काठमाडौंको फोहोर व्यवस्थापन गर्न कतिपय कुरा फोहोर व्यवस्थापन सहरी विकास मन्त्रालय र काठमाडौं महानगर यी दुईवटा निकायले मात्रै चाहेर सम्भव छैन,’ उहाँले भन्नुभयो, ‘ कतिपय स्रोत साधन, कानुन नियमको गाँठो फुकाउन सम्माननिय प्रधानमन्त्रीलेनै पहलकदमी लिनुपर्ने छ । यसका लागि म प्रधानमन्त्री ज्यूलाई विशेष पहल कदमी लिन आग्रह गर्दछु ।’

उहाँले कुहिने र नकुहिने फोहोर घरबाटै छुट्याउनुपर्ने भन्दै काठमाडौंवासीलाई समेत आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, ‘यसको लागि श्रावण १ बाटै स्रोतबाटै कुहिन र नकुहिने फोहोर छुट्याउनको लागि काठमाडौं महानगरपालिकाले अपिल गरेको छ । काठमाडौँ महानगरवासी भएकाले र यो क्षेत्रको संसद भएको नाताले फोहोर मुक्त काठमाडौं बनाउने अभियानमा सम्पुर्ण महानगरवासीले साथ दिनको लागि हार्दिक अनुरोध गर्दछु ।’

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*