बागमती प्रदेशको नीति तथा कार्यक्रममा सांसदहरु असन्तुष्ट

हेटौंडा । बागमती प्रदेश सांसदहरुले प्रदेश सरकारले ल्याएको आगामी वर्षको नीति तथा कार्यक्रम अहिलेको आवश्यक्ताअनुसार नभएको गुनासो गरेका छन्।

प्रदेश सांसदहरुले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा कुनै नयाँ योजना नरहेको भन्दै उत्साहीत हुनुपर्ने अवस्था नरहेको बताएका हुन्। सत्तापक्ष बाहेकका प्रतिपक्ष र स्वतन्त्र सांसद भने आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा पनि कुनै नयाँ कार्यक्रम र योजना आउन नसकेको बताउँछन्।

प्रदेश सरकारले आगमी आर्थिक वर्षको लागि गत वर्षमा भएका त्रुटी र कमीहरुलाई समेटेर नीति तथा कार्यक्रम ल्याउनुपर्ने भएपनि विपद्जन्य लगायतका प्राकृतिक प्रकोप र समग्र बजेटमा जनचाहनाअनुसारको नीति तथा कार्यक्रम ल्याउन नसकेको बताएका हुन्।

स्वतन्त्र सांसद रमेश पौडेलले बागमती प्रदेश सरकारले आगामी वर्षको नीति तथा कार्यक्रममा कुनै नयाँ योजना र कार्यक्रम ल्याउन नसकेको बताए। उनले प्रदेश सरकारले आर्थिक वर्ष २०७९र०८० को नीति तथा कार्यक्रममा कुनै नयाँ योजना नभइ परम्परा धान्ने किसिमका रहेको बताए। उनले प्रदेश सरकारले प्रदेशमा हुनसक्ने सम्भावित विपद्जन्य जोखिम न्यूनिकरणका लागि कुनै नयाँ कार्यक्रम र योजना नल्याएको भन्दै पूर्व तयारीका हिसावमा सरकारले नसोचेको आरोप लगाए।

सभासद पौडेलले गत वर्ष सिन्धुपाल्चोकको घटनालाई हेरेर विपद्जन्य कुरामाहरुमा चासो र चिन्ता राख्दै सम्भावित घटना हुन नदिने कार्यक्रम नीति तथा कार्यक्रममा नरहेकोले मेलम्ची लगायत जोखिम स्थानका बासिन्दाहरु यसबाट त्रसित रहेको बताए। उनले नीति तथा कार्यक्रममा स्थानीय सरकारले गर्ने स–साना कामलाई प्राथमिकता दिएको देखिएको भन्दै प्रदेश र स्थानीय सरकारको तालमेल नमिलेको पनि बताए।

यता नेकपा ९एकीकृत समाजवादी०को तर्फबाट बागमती प्रदेशकी उद्योग, पर्यटन तथा वातावरण समितिकी सभापति रमा आलेमगरले भने आगामी वर्षको लागि बागमती प्रदेशले ल्याएको नीति तथा कार्यक्रम विगतका सरकारहरुको तुलनामा राम्रो भएको दाबी गरे। उनले यो नीति तथा कार्यक्रममा गठबन्धनका धेरै नेताहरुले छलफल गरेकोले पनि नीति तथा कार्यक्रम उत्कृष्ट रहेको बताए। सांसद आलेले नीति तथा कार्यक्रममा किसानसँग सम्बन्धित कार्यक्रम, महिलासँग सम्बन्धित कार्यक्रम र मजदुरसँग जोडिएका कार्यक्रमलाई विशेष जोड दिएको बताए।

समिति सभापति आलेमगरले सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको नीति तथा कार्यक्रम गहकिलो भएको र यही नीति तथा कार्यक्रममा आधारित रहेर बजेट विनियोजन हुनुपर्ने बताए। बागमती प्रदेश सरकारले गत जेठ १६ गते आर्थिक वर्ष २०७९र०८० को नीति तथा कार्यक्रम सदनमा प्रश्तुत गरेको थियो। नीति तथा कार्यक्रममा एक विद्यालय एक नर्स, छोरीबुहारीलाई छात्रवृत्ति, प्रदेशस्तरीय खेलकुद प्रतियोगिता, रंगशाला निर्माण योजना अघि बढाउने लगायतका कार्यक्रम अघि सारेको छ।(नागरिक दैनिकबाट साभार

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*