पार्टीमा फर्कने कार्यकर्तालाई प्रवेशमा रोक छैन् -अध्यक्ष ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा फर्कने कार्यकर्ताहरूलाई पार्टी प्रवेशमा रोक नभएपनि स्वागत गर्ने चलन भने नभएको बताउनुभएको छ ।

आज (शुक्रबार) विराटनगरमा पत्रकारसँगको कुराकानीमा उहाँले यस्तो बताउनुभएको हो । उहाँले एमाले छोडेर गएकाहरूलाई पार्टीमा स्वागत गर्ने चलन नरहेको समेत बताउनुभएको छ । आगामी संसदीय निर्वाचनमा अन्य कुनै वामपन्थी पार्टीसँग गठबन्धन नहुने समेत बताउनुभएको छ ।

उहाँले मुलुकमा एमाले मात्र वामपन्थी पार्टी रहेको बताउदै अन्य पार्टीहरू वामपन्थी नभएको बताउनुभएको छ । उहाँले आफूले अन्य पार्टीका नेतालाई प्रधानमन्त्री बनाउने सम्बन्धमा कुनै आश्वासन नदिएको समेत बताउनु भएको छ ।

उहाँले स्थानीय पालिकाको निर्वाचनले सबै निर्वाचनको स्थिति तय नगर्ने बताउदै सिट सङ्ख्याका हिसाबले केही कम आएर दोस्रो भएपनि लोकप्रिय मतका हिसाबले पार्टी पहिलो भएको उहाँको दावी छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*