सुन्धारालाई पुनर्जिवित गर्ने मेयर बालेन साहको प्रतिबद्धता
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) ले सुन्धाराको मर्मत(सम्भार गरेर धाराबाट प्राकृतिक रूपमा पानी आउने बनाउने प्रतिबद्धता गर्नुभएको छ ।
ऐतिहासिक लुँहितिको बेहाल अवस्थाका विषयमा ईमेज टेलिभिजनले गत बुधबार र बिहीबार समाचार संप्रेषण गरेको थियो ।सो पश्चात सुन्धाराको अवलोकन गर्नका लागि जानुभएका मेयर साहले ६ महिनाभित्र सुन्धाराबाट पानी खसाल्ने बताउनुभएको हो । टुँडिखेलबाट पानी ल्याएर सुन्धाराबाट खसाल्ने बताउदै उहाँले त्यसका लागि काठमाडौं उपत्यका खानेपानी लिमिटेडसँग समन्वय गर्ने तथा बजेटको व्यवस्था महागरले गर्ने समेत बताउनुभयो ।
पुनर्निर्माणको नाममा बन्दै गरेको नयाँ धरहरा वास्ताविक धरहरा नभई सेतो टावर मात्रै भएको बताउदै मेयर साहले मौलिकता मासेर बनाइएको सेतो टावर धरहरा हुन नसक्ने दावी समेत गर्नुभएको छ ।
























