काठमाण्डौका मेयर शाह र उपमेयर डंगोलले गरे हेटौंडाको मानवसेवा आश्रमको अवलोकन
हेटौंडा । काठमाण्डौ महानगरपालिकाका मेयर बालेन शाह र उपमेयर सुनिता डंगोलले मानवसेवा आश्रमको मुख्य कार्यालय, हेटौंडाको अवलोकन गरेका छन् ।
संघीय सरकार र बागमती प्रदेश सरकारले संयुक्त आयोजनामा स्थानीय तहमा निर्वाचित प्रमुख र उपप्रमुखका लागि आयोजना गरेको अभिमुखीकरण कार्यक्रम सहभागि हुन हेटौंडा आइपुगेका मेयर शाह र उपमेयर डंगोलले आश्रमको अवलोकन गरेका हुन् ।
मेयर शाह र उपमेयर डंगोललाई मानवसेवा आश्रमका प्रमुख संस्थापक रामजी अधिकारीले संस्थाले हालसम्म देशभरमा गरिरहेको कार्य, काठमाण्डौ महानगरपालिकालाई सहयोगापेक्षी सडकआश्रित मानवमुक्त निर्माणका लागि गरिएका प्रयासहरू र आगामी योजनाहरूमा बारेमा जानकारी गराएका थिए ।
























