‘मल ल्याउन नसकेका मन्त्रीहरुलाई कारबाही हुनुपर्छ’ – महेश बस्नेत

काठमाडौं । नेकपा एमालेका सांसद महेश बस्नेतले रासायनिक मल ल्याउन नसक्ने मन्त्रीलाई कारबाही गर्नुपर्ने माग गरेका छन् ।

प्रतिनिधिसभामा सोमबार मल अभाव सम्बन्धी जरुरी सार्वजनिक महत्वको प्रस्तावमाथिको छलफलमा भाग लिँदै उनले भने, ‘मल ल्याउन नसकेका मन्त्रीहरुलाई कारबाही हुनुपर्छ ।’

६० प्रतिशत किसान भएको मुलुक नेपाल भएको उल्लेख गर्दै उनले थपे, ‘कृषि बाटै ८ प्रतिशत आर्थिक वृद्धि गर्ने भनिरहेका छौं । तर, किसानले मल पाइरहेका छैनन् ।’

फोहोरलाई कम्पोष्ट मल बनाउने योजना बनाउन किन सकिरहेका छैनौं रु भन्ने प्रश्नको जवाफ खोज्न सरकारलाई उनको सुझाव छ ।

यसैगरी एमाले सांसद बस्नेतले अर्थमन्त्री जनार्दन शर्माले कमिसनमा करको दररेट चलाएको गम्भीर आरोप लगाएका छन् ।

‘अर्थमन्त्रीज्यूले भन्सार करका दररेटलाई राति ल्याएर हेरफेर गर्नुभयो भन्ने सुन्यौं । अर्थमन्त्रीले करको दररेट चलाउँदा नियमित कमिसन खाएको सुन्यौं’ उनले भनेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*