प्रधानमन्त्रीको अमेरिका भ्रमणलाई शंकाले नहेर्न आग्रह

काठमाडौं । परराष्ट्रमन्त्री नारायण खड्काले प्रधानमन्त्री शेरबहादुर देउवाको तयारी भएको अमेरिका भ्रमणलाई शंकाले नहेर्न आग्रह गरेका छन् ।

प्रतिनिधिसभामा परराष्ट्र मन्त्रालयका लागि विनियोजित बजेटमाथि सांसदहरुले उठाएका प्रश्नहरुको जवाफ दिँदै उनले प्रधानमन्त्री देउवाको अमेरिका भ्रमणलाई शंकाका दृष्टिले नहेर्न आग्रह गरेका हुन् ।

दुई देशका बीचमा हुने भ्रमणले नेपालको सम्बन्ध विस्तार गर्न र देशको छवि बढाउन भूमिका खेल्ने उनले बताए । थपे, ‘विगतका वर्षमा यस्ता भ्रमण भएको थियो, यो भइरहन्छ ।’

प्रधानमन्त्री देउवाको अमेरिका भ्रमणका क्रममा एसपीपी सम्झौतामा हस्ताक्षर गर्ने तयारी भएको भनी उनको भ्रमण नै रोक्नुपर्ने आवाज उठिरहेका बेला मन्त्री खड्काले त्यसको खण्डन गरेका हुन् ।

उनले भने, ‘नेपालको स्वाधीनता, स्वतन्त्रतालाई ध्यान दिएर भ्रमण हुन्छन् । सार्वभौमसत्ता, स्वाधीनताप्रति सरकार गम्भीर रहेको छ ।’

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*