जिल्ला समन्वय समितिको मतदान सम्पन्न

हेटौंडा । जिल्ला समन्वय समिति (जिसस) मकवानपुरको प्रमुख र उपप्रमुख र सदस्य चयनका लागि मतदान सम्पन्न भएको छ । अफिसर्स क्लब परिसरमा स्थापित निर्वाचन अधिकृतको कार्यालयमा बिहीबार बिहान १० बजेदेखि सुरु भएको मतदान कार्यक्रममा २० जनै मतदाताले मतदान गरिसकेका छन् ।

निर्वाचनका लागि १२ जनाले उमेदवारी दिएका छन् । जसमध्ये २ जना निर्विरोध निर्वाचित भएका छन् । निर्वाचनबाट प्रमुख, उपप्रमुख र सदस्य गरी ७ जना चयन हुने सहायक निर्वाचन अधिकृत सागर शर्माले बताउनुभयो । मतगणनाको कार्य दिउँसो २ बजे पछि हुने शर्माले जानकारी दिनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*