एन्फा केन्द्रीय सदस्यमा मकवानपुरका लामा निर्वाचित

हेटौंडा । अखिल नेपाल फुटबल संघ (एन्फा) को केन्द्रीय सदस्यामा मकवानपुरका टिका लामा निर्वाचित भएका छन् ।

सोमबार राती सम्पन्न मगणना अनुसार लामाले ४१ मत प्राप्त गर्दै सदस्यमा निर्वाचित भएका हुन् ।

एन्फा मकवानपुरका अध्यक्ष समेत रहेका लामाले केन्द्रीय सदस्यको लागि अघिल्लो कार्यकालमा अध्यक्ष रहेका कर्माछिरिङ शेर्पा प्यानलबाट उम्मेद्वारी दिएका थिए ।

शेर्पालाई ६ मतान्तरले पराजित गर्दै एन्फाको अध्यक्षमा पंकजविक्रम नेम्वाङ निर्वाचित भएका छन् ।

नेम्वाङले पंकजविक्रमले ४५ मत प्राप्त गर्दा शेर्पाले ३९ मत मात्र प्राप्त गरे ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*