रवि लामिछानेको राष्ट्रिय स्वतन्त्र पार्टीविरुद्ध आयोगमा उजुरी

काठमाडौं । रवि लामिछानेले खोलेको नयाँ दल राष्ट्रिय स्वतन्त्र पार्टीविरुद्ध निर्वाचन आयोगमा उजुरी परेको छ ।

स्वतन्त्र उम्मेदवारी अभियानले निर्वाचन आयोगमा उजुरी दिएको हो । एउटा समूह निवेदन लिएर आएको निर्वाचन आयोगले जनाएको छ । अभियानका संयोजक डम्बर शाहुले दिएको उजुरीमा पार्टीको नाममा स्वतन्त्र शब्द प्रयोग गर्न नहुने माग गर्नुभएको छ ।

रवि लामिछानेले राष्ट्रिय स्वतन्त्र पार्टी घोषणा गर्दै मंगलबार निर्वाचन आयोगमा दल दर्ताका लागि निवेदन दिनुभएको हो । उहाँको पार्टीको चुनाव चिह्न भने घण्टी प्रस्ताव गरिएको छ। उजुरीका सम्बन्धमा अध्ययन तथा छानबिन गरेर उचित निर्णय लिने आयोगले बताएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*