वर्षाको कारण खेल रद्द हुदा नेपाल सेमिफाइनलबाट बाहिरियो

काठमाडौं । नेपाल एसीसी महिला टी-ट्वान्टी च्याम्पियनसिपको सेमिफाइनलबाट बाहिरिएको छ ।

युएईविरुद्धको पहिलो सेमिफाइनल वर्षाको कारण रद्द हुँदा नेपाल बाहिरिएको हो ।

युएई भने फाइनल प्रवेश गरेको छ । समूह चरणमा समूह विजेता बनेको कारण युएई फाइनल पुगेको हो ।

यस्तै नेपाल सेमिफाइनलबाट बाहिरिएपछि एसिया कप क्रिकेटमा छनोट हुन असफल भएको छ ।

फाइनल पुग्ने दुई टोली महिला टी-ट्वान्टी एसिया कप क्रिकेटमा छनोट हुनेछन् ।

मलेसियाको किनरारा ओभलमा युएईले नेपाललाई जितका लागि ८२ रनको लक्ष्य दिएको थियो । तर, भारी वर्षाको कारण नेपालले ब्याटिङ नगर्दै खेल रद्द भयो ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको युएईले १९ ओभर ५ बलमा अलआउट हुँदै ८१ रन बनाएको थियो ।

युएईका लागि वैष्णवी महेशले सर्वाधिक १६ रन बनाईन् । इशा रोहितले १५ रन जोड्दा कप्तान छाया मुघलले १४ रन जोडिन् ।

यस्तै खुसी शर्मा १२ रनमा आउट भईन् ।

उत्कृष्ट बलिङ गरेकी नेपालकी अश्मिना कर्माचार्यले ५ विकेट लिईन् । यस्तै इन्दु वर्माले ३ र सीता रानाले २ विकेट हात पारिन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*