अस्पतालको सेवा प्रभावकारी बनाउन हेटौंडा अस्पताल र स्वतन्त्र युवा समूहबीच १५ बुँदे सहमति

हेटौंडा । मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तरर्गतको हेटौडा अस्पतालको सेवा प्रवाहबाट असन्तुष्ट भई बिगत ५ दिनदेखि निरन्तर आन्दोलनरत सार्वजनिक सेवा सुधार संघर्स समितिका स्वतन्त्ररसचेत युवा समूह र अस्पताल प्रशासन बीच १५ बुँदे सहमति भएको छ ।
शुक्रवार अस्पताल प्रशासन र युवाहरुको समुह बीच भएको छलफल पछि निम्न सहमति भएको छ ।
१. सेवाग्राहीहरुको निमित्त सवारी साधनको निसुल्क र व्यवस्थित पार्किंग हुनेछ ।
२. सेवाग्राहीहरुको चापलाई ध्यानमा राखेर टिकट काउन्टर र जनशक्ति थप गरि बिरामीलाई अनावस्यक हैरानी तथा कठिनाई हटाइने छ ।
३. नेपाल सरकारको बिमा बापत उपलब्ध हुनु पर्ने सम्पूर्ण सुविधा चेक जाच र औसधि उपलब्ध हुनेछ । साथै बिमाबाट उपलब्ध नहुने औसधि अस्पतालमा नै खरिद गर्ने व्यवस्था गरिने छ ।
४. तोकेको समयमा सेवा अवधि भर स्टाफ, नर्स तथा डाक्टरहरुले अस्पतालमा सेवा दिइने छ ।
५. मुस्कान सहितको सेवा प्रदान गरिने छ ।
६. तोकिएको समयमा यस संस्थामा कुनै डाक्टरले अन्य मेडिकलमा गएर सेवा दिएको पाइएमा तत्काल कानुन कारबाही गरिने छ ।
७ .सेवाग्राहीहरुलाइ सहज सेवा प्रदान गर्न आइतबारबाट हेल्प डेस्कको स्थापना गरिने छ ।
८ .हरेक महिनाको १ दिन अस्पतालको प्रमुख, जिल्ला प्रसासन कार्यालयको प्रतिनिधि र संघर्स समितिले संयुक्त अनुगमन गर्ने छ ।
९ .निशुल्क शुद्ध खानेपानी, सफा सौचालय, स्वच्छ बातावरण साथै सुबिधा सम्पन्न बिरामी कुरुवा कक्षको अनिवार्य व्यवस्था गरिने छ ।
१०. कर्मचारीलाइ डिउटीको समयमा अनावस्य मोबाइलको प्रयोगमा रोक लगाइने छ ।
११. चमेनाग्रीहमा बिक्रीमा राखिएको सबै किसिमका खाद्य सामाग्रीहरुको मूल्य सुची निर्धारण गरेर टास्नुपर्ने छ । साथै उपलब्द हुने खाद्यान्न म्याद ननाघेको, सफा र खान योग्य हुनु पर्नेछ ।
१२. अस्पताल परिसरको आवस्यक सुरक्षाको उचित प्रबन्ध गरिने छ ।
१३. एक्सरे, भिडीयो एक्सरे, ल्याबको मेशिनहरु सहि सलामत हुनु पर्ने, सम्बन्धित दक्ष जनशक्तिद्वारा चेक जाच गराउनु पर्ने साथै बिरामीलाई यथाशिघ्र रिपोर्ट उपलब्द हुने व्यवस्था गरिने छ ।
१४. कार्यरत सम्पूर्ण कर्मचारी, डाक्टरहरु सबैको डिजिटल हाजिरी र अस्पताल परिसर लगायत सम्पूर्ण ठाउमा सिसिटिभी क्यामेरा लगाएर रेगुलर मोनिटर गरिने छ । साथै सम्पूर्ण कर्मचारी, डाक्टर, नर्स लगायतले बिहानरबेलुका र दिउसो खाजारखाना खान जाँदा अनिबार्य रुपमा डिजिटल हाजिरी गर्नु पर्नेछ ।
१५. अस्पतालबाट निस्केको फोहोरबाट वडा न १ चाइना क्वाटर र वडा न १० का करिव ३०० घर प्रभावित भएकोले उक्त फोहोरको उचित व्यवस्थापन गरिने छ ।