थाहानगरको बजेट १ अर्ब ८ करोड ८४ लाख
हेटौंडा । मकवानपुर थाहा नगरपालिकाले आगामि आर्थिक वर्ष २०७९/०८० का लागि १ अर्ब ८ करोड ८४ लाख ७ हजार रुपियाँको बजेट पारित भएको छ ।
जेसीज सभा हलमा भएको थाहा नगरपालिकाको एघारौं नगर सभाबाट नगर उपप्रमुख भरत गोपालीले बजेट प्रस्तुत गरेका हुन् ।
बजेटमा आन्तरिक स्रोत १९ करोड ७१ लाख ५ हजार, राजश्व बाँडफाँड १९ करोड ६८ लाख ८० हजार, संघीय सरकारबाट प्राप्त १७ करोड १६ लाख, प्रदेश सरकारबाट प्राप्त ५ करोड ५ लाख ८२ हजार, सशर्त अनुदान ३२ करोड १४ लाख ४० हजार र सामाजिक सुरक्षा १५ करोडको बजेट बाँडफाँड सहित बजेट पेश गरेका हुन् ।
पेश गरेको बजेट मध्ये चालु खर्च तर्फ ९ करोड ९७ लाख ५४ हजार, पुँजीगत तर्फ ५१ करोड ७२ लाख १३ हजार, सशर्त तर्फ ३२ करोड १४ लाख ४० हजार, सामाजिक सुरक्षा तर्फ १५ करोड खर्च अनुमान रहेको छ ।
























