लटारम्मेश्वरलाई पर्यटन प्रवद्र्धन गर्न दुई गाउँपालिकाको चासो
हेटौंडा । पछिल्लो केहि महिना यता आन्तरिक पर्यटकको आइरो लागेको मकवानपुरको धार्मीक पर्यटकीय स्थल लटारम्मेश्वर महादेवलाई पर्यटन प्रवद्र्धन गर्न दुई स्तानीय तहले चासो देखाएको छ ।
जिल्लाको बकैया–१२ र भीमफेदी–८ को सिमनामा पर्ने धार्मीक पर्यटकीय स्थल लटारम्मेश्वर महादेवलाई पर्यटन प्रवद्र्धन गर्न बकैया र भीमफेदी गाउँपालिकाले चासो देखाएको हो ।
बकैया–१२ र भीमफेदी–८ बाट करिब ३ घण्टा पैदल यात्रा पछि पुगिने लटारम्मेश्वरलाई प्रर्बद्धन गर्न दुई गाउँपालिकाले नीति तथा कार्यक्रममा समावेश गरेका हुन् । भीमफेदी गाउँपालिकाले मन्दिर क्षेत्रको पूर्वाधार विकास गर्दै पर्यटन प्रवद्र्धन गर्न विभिन्न माध्यमबाट प्रचारप्रसार गरिने नीति तथा कार्यक्रममा जनाएको छ ।
























